

नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको सम्मान, ३ लाख पुरस्कार दिने घोषणा

काठमाडौं – युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा निमन्त्रणा गरि सम्मान गरिएको छ।
सरकारले खेलाडीलाई जनही ३ लाख रूपैयाँ सम्मान स्वरूप प्रदान गर्ने निर्णय गरेको छ।