

राेहितको गृहनगर बर्दघाटमा यसरी मनाइँदै जितको खुशी (फोटोफिचर)

नवलपरासी । नेपाली राष्ट्रिय टिमले युएईविरुद्ध शानदार जित हात पार्दै विश्वकप छनोटका लागि छनोट भएपछि क्रिकेट कप्तान रोहित पौडेलको गृहनगर पश्चिम नवपरासीको बर्दघाटमा खुशीयाली मनाइएको छ ।
बिहीबार साँझ नेपालले जित हात पारेपछि पौडेलको गृहनगर बर्दघाटमा खुशीयाली मनाउँदै उनका बुबा–आमालाई सम्मान गरिएको थियो । उनीहरूलाई खादा र अबिरसहित सम्मान गरिएको थियो ।
विश्वकप छनोटका लागि नेपालले युएईलाई डीएलएस मेथडमा ९ रनले पराजित गर्दै लिगको तेस्रो स्थानमा रहेर विश्वकप छनोटका लागि छनोट भएको थियो ।
बर्दघाटका खेलाडी पौडेलको कप्तानीमा नेपालले पछिल्लो १२ खेलमा ११ खेलमा जित हात पार्दै एकदिवसीय मान्यता कायम राख्दै विश्वकप छनोटका लागि छनोट भएको हो ।
तस्बिरहरूः राजु पाैडेल क्षेत्रीको सामाजिक सञ्जाल फेसबुकबाट