

सुखद अन्त्यको कामनासहित युएईसँग भिड्दै पिएनजी

काठमाडौं । आईसीसी विश्वकप लिग टू सिरिजको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी) ले युएईसँग खेल्दैछ ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ मा सुरु हुनेछ ।
लिग टू सिरिजमा युएईविरुद्ध पुर्णरुपले हाबी रहेको पिएनजी आजको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद रुपमा समाप्त गर्न चाहान्छ ।
उता,युएई पनि पीएाजी माथी फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहान्छ ।
पिएनजीले ३५ खेलमा ५ मा जित २९ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।
युएईले ३४ खेलमा १४ मा जित १७ मा हार व्यहोरेको छ । युएई ३१ अंक जोडेर अंक तालिकामा पिएनजीभन्दा माथि रहेको छ ।
आईसीसी विश्वकप लिग टुकै अन्तिम खेल भोली नेपाल र युएईबीच हुनेछ । नेपाल अन्तिम खेलमा युएईविरुद्ध जित हात पार्दै विश्वकप छनोटका लागि क्वालिफायर हुने दाउमा रहेको छ ।