देशभर थप १४ संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १७३० पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७३० पुगेको छ ।

आज थपिएको संक्रमित संख्यासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८०  पुगेको छ ।

त्यस्तै पछिल्लो एक दिनमा १९९६ जना कोरोना निको भएर घर फर्केका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।

हालसम्म नेपालमा १८ लाख ४३ हजार ५८१ को कोरोना परिक्षण गरिएको छ ।