

राष्ट्रपति निर्वाचनको मतगणना सुरू, नतिजा आजै

काठमाडौ । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको हो ।
संघीय संसद् भवनको अन्नपूर्ण हलमा भइरहेको मतगणनाको नतिजा बिहीबार नै आउने निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा छन् ।
विजयी उम्मेदवारलाई प्रमाणपत्र पनि आजै प्रदान गर्ने आयोगको तयारी छ ।