

विशेषद्वारा अख्तियार पूर्वप्रमुख आयुक्त बस्नेतलाई थुनामा पठाउने आदेश

काठमाडौं । बालुवाटारको ललिता निवासको सरकारीमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको छ ।
भ्रष्टाचार गरेको अभियोग लागेका बस्न्यातलाई आइतबार विशेष अदालतले बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले बताए ।
ललिता निवास प्रकरणमा अख्तियारले २०७६ माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।
फर्जी मोह खडा गरेर ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको उनीमाथि अभियोग लागेको छ ।