सशस्त्र आईजी अर्यालले लगाइदिए श्रेष्ठलाई सुडानमै डिआईजीको दर्ज्यानी



काठमाडौं । सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरेशकुमार श्रेष्ठले सुडानमै दर्ज्यानी चिन्ह लगाएका छन् ।

नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती भएका श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फागुन १६ गते दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

दक्षिण सुडानको जुवामा मेडल परेड कार्यक्रममा सहभागी हुन गएका सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सोही ठाउँमा संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको रुपमा कार्यरत रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।