

नेपालले पायो २०८ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

युएई । युएईमा जारी आईसीसी विश्वकप डिभिजन – २ को खेलमा नेपालले जितका लागि २०८ रनको लक्ष्य पाएको छ ।
टसर हारेर ब्याटिङमा उत्रिएको युएईले ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाउँदै नेपाललाई उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
नेपालका लागि सन्दीप लामिछानले ३ विकेट लिए भने करण केसी, कुशल मल्ल र आरिफ शेखले १/१ विकेट लिएका छन् । युएईका २ खेलाडी रनआउट भएका थिए ।
युएईका लागि रोहन मुस्तफा र आशिफ खानले अर्धशतक बनाएका थिए । मुस्तफाले नटआउट ५२ रन बनाउँदा खानले ७२ रन बनाएका थिए ।
त्यस्तै आर्यान लार्काले २८ रनको पारी खेलेका थिए ।