सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति, थुनामा रहन नपर्ने आदेश
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ ।
उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जानबाट रोक नलगाउने आदेश दिएको हो ।