

लहानमा क्यान्सरसम्बन्धी निःशुल्क शिविर, पाठेघर क्यान्सर रोगीलाई राहत दिने मेयर चौधरीको घोषणा

लहान । सिराहाको लहान नगरपालिका वडा नं. ८ मा क्यान्सरसम्बन्धी निःशुल्क शिविर सञ्चालन भईरहेको छ ।
सोमबार बिहानबाट सुरु भएको शिविरको उद्घाटन गर्दै लहान नगरपालिकाका मेयर महेश चौधरीले क्यान्सर जस्तो महारोगको न्यूनीकरणका लागि गरेको पहलप्रति वडा नं. ८ का साथै पूर्वाञ्चल क्यान्सर अस्पतालप्रति हार्दिक आभार पनि व्यक्त गरे ।
चौधरीले निकट भविष्यमा लहान नगरपालिकाले पाठेघर क्यान्सरसम्बन्धी शिविर आयोजना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसबाट पहिचान भएका पाठेघरका क्यान्सर रोगीहरुलाई नगरपालिकाले विशेष राहत उपलब्ध गराउने पनि बताए ।
मेयर चौधरीले नगरपालिकाको सञ्चालनमा ल्याउन लागेको ३ वटा बर्थिङ सेन्टरमा एमबीबीएस डाक्टर राख्ने पहल भईरहेको पनि बताए । उनले उक्त अवसरमा यस शिविरमा आएर आप्mनो रोगसम्बन्धी परिक्षण गर्नका लागि स्थानीय बासिलाई आह्वान समेत गरे ।