

बास्केटबलमा विद्यार्थीसँग रम्दै सामन्था (फोटोफिचर)

भक्तपुर । नेपाल भ्रमणका लागि आएकी युएसएआइडी प्रशासक समान्था पावर आदर्श माविका विद्यार्थीहरुसँग बास्केटबल खेलेकी छिन् ।
उनी विद्यालयको छात्रा टोलीसँग केही बेर बास्केटबल खेलिन् र विद्यार्थीहरूबाट उनीहरूको भविष्यका योजना र लक्ष्यहरूबारे प्रत्यक्ष रूपमा सुनिन् । २०७२ सालको भूकम्पमा ध्वस्त भएको उक्त विद्यालय पुनर्निर्माण गर्न र त्यहाँ पढ्न सक्ने विद्यार्थीहरूको सङ्ख्या दोब्बर बनाउन युएसएआइडीले स्थानीय समुदायसँग साझेदारी गरेको थियो ।
उनी आज बिहान मात्रै नेपाल आएकी थिइन् ।
तस्बिरहरूः युएस एम्बेसी नेपाल