

प्रधानसेनापति शर्मा र स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथबीच भेटवार्ता

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापेले भेटघाट भएको छ। मंगलबार सैनिक मुख्यालय जंगी अड्डामा उनीहरूबीच भेटघाट भएको हो।
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।