

७ हजार घुससहित पक्राउ परेका सशस्त्र जवान मुख्तारविरुद्ध मुद्दा दायर

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका जवान मुख्तार देवानविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
अख्तियारले गत मंसिर ९ गते जवान मुख्तरलाई ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
नवलपरासी, (बर्दघाट सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत जवान मुख्तार प्रतापपुर गाउँपालिका वडा नं। १ सिसहनियाबाट पक्राउ परेका थिए।
उनले महेशपुर सीमा नाकाबाट सामानहरू खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो।
उजुरीका आधारमा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सो घुस रकमसहित पक्राउ गरेको थियो।
उनीविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्दा उनले घुस लिएको पुष्टि भएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
अख्तियारले जवान मुख्तारविरुद्ध ७ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा ९१० को खण्ड ९क० बमोजिम कैद सजाय मागदाबी लिएर मुद्दा दर्ता गरेको छ।