

टर्च लिएर गोरखाबाट काठमाडौंका लागि हिँड्यो नेपाली सेनाको टोली…(फोटोफिचर)

गोरखा । नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरू गरेको छ।
बिहीबार बिहान गोरखा दरबारमा कार्यक्रम गरेर सेनाले पदयात्रा सुरू गरेको हो।
राज्य विस्तारका क्रममा गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले हिँडेको बाटोमा सेनाले पदयात्रा गरेको हो। सेनाले केही वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।
सेनाको पश्चिम पृतना हेडक्वार्टरका पृतनापति दीपककुमार बानियाँले आज आयोजित कार्यक्रममा पदयात्रीलाई टर्च हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरलगायत उपस्थित थिए।
गोरखाबाट धादिङ, नुवाकोट हुँदै सेनाका पदयात्री काठमाडौं आइपुग्नेछन्। उनीहरू ५ दिनपछि काठमाडौं आइपुग्नेछन्। पृथ्वी जयन्तीका दिन पुस २७ मा पदयात्रीहरू हनुमानढोका आइपुग्नेछन्।
तस्बिरहरूः