

सशस्त्र प्रहरीद्वारा साढे ८ लाख बढीको घिउ बरामद

रौतहट । सशस्त्र प्रहरी बलको एक टोलीले रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमा भारतबाट अवैध रूपमा आयातित भैँसीको घिउ बरामद गरेको छ।
विशेष सूचनाको आधारमा ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट आइतबार साँझ सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेको हो । बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी ११ नम्बर हेक्का प्रमुख एसपी ध्रुवबहादुर कार्कीले जानकारी दिए ।
पछिल्लो समय स्थानीय तथा भारतीय तस्करको समूहले सीमावर्ती भारतीय बजारबाट भैँसीको घिउ खरिद गरी अबैधरूपमा औरैयाबाट चल्ने रात्रीसेवा यात्रुवाहक बसमा राखेर राजधानी काठमाडौंसम्म पुर्याउँदै आएका थिए । पछिल्लो समय रौतहटमा विभिन्न भारतीय सामानको तस्करी बढेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् ।