सेनाका पूर्व बलाधिकृत रथी महत झुण्डिएको अवस्थामा फेला मृत फेला

काठमाडाैं — नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै आएका महत आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा शनिबार फेला परेका हुन् ।

महतको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । महत नेपाली सेनाबाट पाँच वर्ष पहिले अवकाश भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *