

बाबालाई ठूलोखालको स्वास्थ्य समस्या छैनः पारसपुत्री पूर्णिका

काठमाडौं – पारस–हिमानी पुत्री पूर्णिका शाहले पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिति सामान्य रहेको बताएकी छिन् ।
पोखराबाट बुटवल हुँदै चितवनसम्मको लामो यात्राका कारण केही थकान महसुस गरेका पारसको सामान्य परिक्षण गरिएको बताउँदै विभिन्न सञ्चारमाध्यममा आए जस्तै आफ्ना बुवाको स्वास्थ्यस्थिति गम्भीर नभएको पारसपुत्री पूर्णिकाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जनाएकी छिन् ।

उनले फेसबुकमा पारससहितको फोटो सार्वजनिक गर्दै पारसलाई ठूलोखालको कुनै पनि स्वास्थ्य समस्या नहेको बताएकी छिन् ।
अन्त्यमा उनले शीघ्रस्वास्थ्यलाभको कामना समेत गरेकी छिन् ।
उनले फेसबुकमा लेखेककी छिन्,
शुभचिन्तकहरुले भ्रामक समाचार सुनेर निरास नभहिदिन अनुरोध गर्द छु हिजो जनताहरुको घर दैलो गर्दै पोखरा देखि बुटवल र बुटवल देखि चितवन सम्मको लामो यात्राका कारण साथिहरुको सुझावमा चेकचाजका लागि हस्पिटल पुग्नुभएको तर बाबा ठुलोखालको कुनैपनि स्वास्थ्य समस्या नरहेको व्यहोरा जानकारी गराउदछौ । हजुरहरुको माया सद्भाव सदैव कायम रहोस जय पशुपतिनाथ ! Get well soon daddy !