१४१ वर्ष पुरानो कोडाक पुनः आक्रामक बन्दै विश्वबजारमा



काठमाडाैं । कुनै समय क्यामरा र फोटो फिल्ममा साम्राज्य जमाएको १ सय ४१ वर्ष पुरानो अमेरिकी कम्पनी कोडाक केही समयको विश्रामपछि आक्रामक रुपमा विश्वबजारमा प्रवेश गरेको छ । डिजिटल क्यामराको युग सुरु भएपछि फिल्ममा आधारित कोडाक क्यामराले प्रतिस्पर्धा गर्न नसकेपछि केही समय विश्राम लिन बाध्य भएको थियो ।

कम्पनीले नयाँ प्रविधिको प्रयोगसहित पुनः आफ्ना उत्पादन सुरु गरेर विश्वबजारमा प्रवेश गरेको हो । गुणस्तरीय उत्पादन, नविन प्रविधि र ग्राहकको सन्तुष्टि यो ब्रान्डका विशेषता हुन् । उत्पादन सुरु गरेर प्रतिस्पर्धी बजारमा प्रवेश गरेको कम्पनीले आममानिसमा आफ्नो क्षमता देखाउन सफल भएको छ ।कोडाक ब्रान्डका उत्पादनहरु नेपाली बजारमा पनि भित्रिएका छन् ।

हेभी हेल्प लिंक प्रा.लि. ले कोडाक ब्रान्डका उत्पादन भित्र्याएको हो । नेपाली बजारमा भित्रिएको यो ब्रान्ड चाँडै देशका विभिन्न ठाउँमा पुग्ने छ । कम्पनीका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले अब चाँडै नै डिजिटल प्लेटफर्ममा पनि उपलब्ध हुने जानकारी दिए ।

सन् २००० मा स्थापना भएको हेभी हेल्प लिंक प्रालिसँग २० वर्षको अनुभव छ । यो कम्पनीले २० वर्षदेखि नेपाली बजारमा फुजी, मित्सुबिसी, कोनिका, मिनोल्टा, कोडाक जस्ता विश्वविख्यात ब्रान्डका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।

कोरोना भाइरसको महामारीका कारण कम्पनीले तत्काल कोडाकका सम्पूर्ण उत्पादन नेपाली बजारमा ल्याउन नसके मल्टिमिडियाका लागि आवश्यक सम्पूर्ण सामान उपलब्ध गराउने प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।अहिले नेपाली बजारमा कोडाकका Internal SSD, SD, M.2 SSD, USB र Portable SSD उपलब्ध छन् ।

कोडाक ब्रान्डका यी र यस्ता सामान प्रयोग गरेपछि उपभोक्ता पूर्णरुपमा सन्तुष्ट हुने विश्वास कम्पनीले लिएको छ । अहिले उपलब्ध उत्पादन प्रयोग गर्ने प्राविधिकहरुबाट आएको प्रतिक्रियाबाट पनि आफू उत्साहित भएको श्रेष्ठले बताए ।

बजारमा अहिले विभिन्न ब्रान्डका उत्पादन उपलब्ध छन् । सबै ब्रान्डका उत्पादन गुणस्तरीय नहुँदा उपभोक्ता सधैं मारमा पर्दै आएका छन् । अब कोडाकका उत्पादन बजारमा उपलब्ध हुन थालेपछि उपभोक्ता ठगिने डर हटेको छ भने गुणस्तरीय उत्पादनले बजार पाउने विश्वास बढेको छ । यो ब्रान्डले नेपाली बजारमा चाँडै आफ्नो प्रभुत्व कायम गर्न सफल हुने देखिएको छ ।