

प्रचण्डले गरे चितवनमा मतदान

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चितवनको भरतपुर–१४ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
गोर्खा २ बाट उम्मेदवारी दिएका प्रचण्ड चितवनबाट मतदान गरेका हुन् । उक्त मतदान केन्द्रबाट प्रचण्डपुत्री गंगा दाहालले पनि मतदान गरेकी छिन् ।
त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर एवं प्रचण्डपुत्री रेणु दाहालले पनि बिहानै मतदान गरेकी छिन् ।
आज देशैभर बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि निर्वाचनको आयोगले आज साँझ ५ बजेसम्मका लागि मतदानको समयावधि छुट्याएको छ ।