तोसिमाको उम्मेदवारी कायम, यस्तो छ सर्वोच्चको फैसला (पूर्णपाठ)



काठमाडौं । ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उनको उम्मेदवारी कायमै रहने फैसला गरेको हो ।

उनको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको फैसलापछि तोसिमाले सामाजिक सञ्जालमा धन्यवाद दिँदै भनेकि छिन्, ‘आज फेरी सम्मानीत सर्वोच्च अदालतले मेरो उम्मेदवारी कायम नै राख्ने फैसला गरी सत्य डगमगाउदैन भन्ने प्रमाणित गरेको छ| न्यायको पक्षमा उभिनुभएका सम्पूर्णलाई फेरी पनि धन्यवाद|’