

सूर्या लाइफको खुद नाफा ८२ दशमलब ५४ प्रतिशतले वृद्धि

काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिमा ११ करोड ३५ लाख रुपैयाँ रहेको खुद नाफा यसपटक ८२ दशमलब ५४ प्रतिशतले बढेको हो । यसको खुद बिमा शुल्क आर्जन १३.३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी सामान्य बढेको छ भने नोक्सानी व्यवस्थाबाट १३ करोड ४५ लाख रुपैयाँ फिर्ता गरेपछि खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।
सूर्या लाइफको जगेडा कोष २१।५० प्रतिशत घटेको छ भने जीवन बिमा कोष २९।६५ प्रतिशतले सुधार देखिएको छ ।
असोज मसान्तसम्म जगेडा कोषमा ७१ करोड २२ लाख रुपैयाँ र जीवन बिमा कोषमा १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
सूर्याको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ रहेको छ । यो हाल ज्योति लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा छ ।