

एलओडीमा गुञ्जियो केपी ओलीको र्याप ‘केपी बा’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्याप गीत सार्वजनिक गरेका छन् ।
‘केपी बा’ बोलको र्याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् ।
चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ ।
गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो ।