

भिमादका ९ वर्षीय बालकको आगोले पोलेर मृत्यु

तनहुँ । तनहुँको भिमादमा आगो ताप्ने क्रममा पोलेर एक जना ९ वर्षीय बालकको मृत्यु भएको छ ।
भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापाको आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।
२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते भएका उनलाई घरपरिवारले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए ।
पोखरामा उपचारकै क्रममा गएराति बालकको मृत्यु भएको खड्काले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ