अञ्जनालाई दिए लिङ्देनले महिला संगठनको जिम्मेवारी 



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनित भएकी छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र बिहीबार हस्तान्तरण गरेका हुन् । पछिल्लो एक दशकदेखि राप्रपामा आवद्ध रही विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी रावल लामो समयदेखि पत्रकारिता क्षेत्रसँग आबद्ध थिइन् ।

रावलले तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने म्याण्डेट पाएकी छिन् । यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्री निर्वाचित भएपछि महिला संगठनको अध्यक्षबाट राजीनामा दिएकी थिइन् ।

पार्टीको भ्रातृ संगठन हेर्ने निकाय संगठन विभागका प्रमुख राजेन्द्र गुरुङको सिफारिसमा पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले रावललाई संगठनको अध्यक्ष पदमा मनोनयन गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।