आयोगले तोक्यो निर्वाचन अधिकृत, नवलपुरको कुन स्थानीय तहमा को परे ?
नवलपुर – निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।
आयोगका अनुसार नवलपुर (ब.सु.पु) का ८ स्थानीय तहमा क्रमशः गैंडाकोटमा दिपशिखा मुनाकर्मी, देवचुलीमा कमलराज पन्थी, बौंदीकालीमा प्रेमबहादुर दोल्याल, बुलिङटारमा देवी प्रसाद आचार्य, मध्यविन्दु नगरपालिकामा महेन्द्रप्रसाद पैडेल, विनयी त्रिवेणीमा लोकहरी कँडेल, हुप्सेकोटमा यज्ञमूर्ती ज्ञवालीलाइ खटाइएको छ ।
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।
आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।