नेपाली सेनाद्वारा बाँकेको खजुराकाे ‘प्रेसर कुकर’ बम डिस्पोज



नेपालगञ्ज । नेपाली सेनाले बाँकेको खजुरा बजारको मनकमना चोक (हाकाे पृथ्वी चोक)मा अज्ञात समूहले राखेको प्रेसर कुकर बम डिस्पोज गरेको छ ।

चोकमा रहेको राष्ट्रिय झण्डा मुनि राखिएको प्रेसर कुकर बममा ‘नोएमसीसी’ लेखिएको थियो । सो स्थानमा बम राखिएको बिहान ७ बजे सूचना पाएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपाने जानकारी दिए ।

चोकमा रहेको राष्ट्रिय झण्डा मुनि बम राखिएपछि नेपालगञ्ज–गुलरिया सडकखण्ड बिहान सवा ११ बजेसम्म अवरुद्ध भएको थियो । नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा, भैरबप्रसाद गण इमाम नगर राँझा ब्यारेकबाट खटिएकाे टोलीले बम डिस्पोज गरेको हो ।

Avatar

सो टोलीले बिहान ११ः४ मिनेटमा विष्फोट गराई बम डिस्पोज गरेको हो । खजुराको बजारमा नै बम राखेपछि स्थानीय बिहानैदेखि त्रसित बनेका थिए । बम डिस्पोज गरेसँगै बिहानैदेखि अवरुद्ध भएको नेपालगञ्ज गुलरिया सडक सुचारु भएको छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Avatar