‘सिल्ली फो’ सुटिङ प्याकअप



काठमाडौं । राजबहादुर सानेको निर्देशनमा बनेको कमेडी फिल्म ‘सिल्ली फो’ को सुटिङ प्याकअप भएको छ । फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर शुक्रबार निर्माण टिमले फिल्मको छायांकन सकिएको जानकारी गराएको हो । दुई चरणमा छायांकन भएको फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्ज आसपासका ठाउ“मा भएको निर्देशक सानेले बताएका छन् ।

चार बदमासको कथामा निर्माण भएको यस फिल्ममा केकीका अलवा धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछानेलगायतका कलाकारको अभिनय रहेको छ । यही फिल्मबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेब्यू गरेका छन् । ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।

विशाल श्रेष्ठ र सागर बिष्ट सह–निर्माता रहेको फिल्ममा रवि केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, दिव्यराज सुवेदीको छायांकन, तारा थापा किम्भेको सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् । निर्देशक सानेले यसअघि ‘पर्खी बसे फर्की आउनेछु’, ‘डोली’, ‘विरांगना’लगायतका फिल्मको निर्देशन गरिसकेका छन् ।