आमा बनेपछि ‘संसारकै धनी’ बनेकी ऋचाले के राखिन् त छोराको नाम ?



काठमाडौं । अभिनेत्री ऋचा शर्माले आफू अहिले संसारकै धनी भएको महसुस गरेकी छिन् । नेपाली सिने जगतमा स्थापित अभिनेत्री ऋचाले आफू आमा बनेपछि आफूजत्तिको धनी कोही नभएको महसुस भएको बताएकी छिन् ।

ऋचा स्वयंले आमा बनेको जनाएसँगै उनले छोराको नाम समेत सार्वजनिक गरेकी छिन् । उनका अनुसार नवजात शिशुको नाम आभ्यान विक्रम राणा राखिएको छ ।

आमा बनेपछि पहिलोपटक सामाजिक सञ्जालमा लेख्दै ऋचाले भनेकी छिन्, हिजो सम्म आफै केटा केटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ। सोच्दा पनि पृथिवी बोके झै लाग्छ,आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ।’

ऋचाले गर्भावस्थाको समयमा पनि रियालिटी सो कमेडी च्याम्पियनमा काम गरिरहेकी थिइन् । यस सिजनको कमेडी च्याम्पियनको आप्mनो अन्तिम कार्यक्रममा उनले भनेकी थिइन्, ‘कमेडी च्याम्पियनको ९ महिना र मेरो ९ महिनाको समयावधि सँगै सुरु भएको छ ।’

ऋचा अगाडि लेख्छिन्, ‘एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकु भन्ने मात्र लोभ छ अब ।’