यस्तो छ उपत्यकाबासीलाई जिल्ला प्रशासनका निर्देशन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालय (सीडीओ) ले अत्यावश्यकबाहेकका सबै काम स्थगित गर्ने निर्णय गरेका छन्। 

काठमाडौंका सीडीओ जनकराज दाहाल भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ नारायण भट्टले कार्यालयका अत्यावश्यक पाँचबाहेक अन्य सेवा तत्कालका लागि स्थगित गर्ने  निर्णय गरेका हुन्। तीनै सीडीओ कार्यालयले साउन २५ गतेदेखि भदौ ८ गतेसम्म लागू हुनेगरी अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने निर्णय गरेका हुन्। 

नियमित सञ्चालन हुने सेवा 
–शान्ति सुरक्षा सम्बन्धी सेवा, 
–ठाडो निवेदन र उजुरी सेवा, 
–मुद्दा सम्बन्धी कार्य
–अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र 
–विपद् व्यवस्थापन सम्बन्धी कार्य 

त्यसैगरी सीडीओ कार्यालयले हाललाई विभिन्न आठ सेवा स्थगित गर्ने निर्णय गरेको छ। 

स्थगित गरिएका सेवाहरु 
–नयाँ नेपाली नागरिकता वितरण, 
–नागरिकता प्रतिलिपि वितरण, 
–हातहतियार दर्ता/नविकरण 
–संस्था दर्ता/पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य, 
–निजी सुरक्षा कम्पनी नविकरण
–राजदानी वितरण, 
–नाबालिग परिचयपत्र वितरण र 
–अन्य अत्यावश्यक नभएका सेवाहरु। 

सीडीओ कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने छ। ‘अनावश्यक भीडभाड नगरी सामाजिक भौतिक दूरी कायम राख्न साथै कोरोनाको लक्षण वा शंका लागेमा नेपाल सरकारले तोकेका स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न समेत जानकारी गराइन्छ’, निर्णयमा थप भनिएको छ, ‘स्वास्थ्य मापदण्ड बमोजिम नगरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *