

कोरोना महामारीका बीच पाकिस्तानमा आइतबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदै

इस्लामाबाद । पाकिस्तान सरकारले देशभरका सबै विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः सञ्चालन गर्ने घोषणा शुक्रबार गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि भनी बन्द सेवालाई सरकारले सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।
पाकिस्तानले कोरोनाभाइरसको महामारीको कारण मार्च २१ मा सबै अन्तर्राष्ट्रिय उडानहरू र मार्च २ देखि घरेलु उडानहरू स्थगित गरेको थियो ।
नागरिक उड्डयन प्राधिकरण (सीएए) द्वारा जारी गरिएको एक सूचनामा अगस्ट ९ देखि सेवालाई पुनः सुरू गर्ने जनाइएको पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ । सरकारले भाइरस सङ्क्रमणका घटनाहरूलाई घटाउने सम्बन्धमा धेरै प्रतिबन्धहरू हटाउने घोषणा गरेको एक दिन पछि उक्त निर्णय लिएको हो ।
“पाकिस्तान सरकार कोेभिड–१९ को रूपमा उपलब्ध सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट र सबै अन्तर्राष्ट्रिय यात्रुहरूको सेवाहरूको अनुमति दिन पाउँदा खुशी छ ।
“विदेशबाट पाकिस्तानी र पाकिस्तानबाट अन्य मुलुकसँगको अन्तर्राष्ट्रिय तालिकाबद्ध उडान कार्यक्रमहरूलाई सन् २०२० को गृष्मकालीन तालिका अनुसार निरन्तरता दिने निर्णय भएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडान सेवाहरू स्थापित मार्गनिर्देशन तथा मानकको आधारमा सञ्चालन गरिनेछन् ।
उड्ययन प्राधिकरणका कर्मचारीका लागि जारी अर्को एक सूचनामा प्राधिकरणले सबै प्रकारका आन्तरिक उडानलाई पनि सबै विमानस्थलबाट प्रचलित नियमानुसार उडान भर्न अनुमति दिइनेछ । उड्डयन विभागले एक दिन पहिले नै आन्तरिक उडान सेवाहरू अगस्ट ६ को मध्यरातदेखि देशभर पुनःसञ्चालन गरिने घोषणा गरेको थियो ।