कथा र पटकथा पेश गर्न चलचित्र विकास बोर्डकाे आह्रवान

काठमाडौं – नेपाल चलचित्र विकास बोर्डले स्टोरी बैंकको लागि ६० दिन भित्र कथा तथा पटकथा पेश गर्न आह्रवान गरेको छ । बोर्डले सोमबार एक सुचना जारी गर्दै मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक कथावस्तु, सामाजिक, साँस्कृतिक तथा सन्देशमुलकमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट कथा, पटकथा छनौट गरी सह-निर्माण गर्ने जनाएको छ ।

गएको वर्ष बोर्डले मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक कथावस्तु फिल्ल निर्माणमा हौसला गर्न भन्दै स्टोरी बैंक स्थापना गरी गत आर्थिक वर्षको बजेट समेत छुट्टाइएको थियो । अब भने स्टोरी बैंकमा दर्ता हुने कथा तथा पटकथामध्ये उत्कृष्टलाई छनौट गरेर बोर्डमार्फत सरकारले सह-लगानी गर्ने भएको छ ।

बोर्डले जारी गरेको सुचनामा स्टोरी बैंकमार्फत कथा, पटकथा लेखनमा लेखकहरुर्ला आवश्यक विशेषज्ञता समेत दिने उल्लेख गरिएको छ । चलचित्रको अन्तराष्ट्रिय अवार्ड, महोत्सवमा समेत सहभागिता गराइने जनाइएको छ ।

सहभागिताका लागि कथा, पटकथा लेखक वा निर्माता नेपाली नागरिक हुनुपर्ने चलचित्रको कथा, पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गरेको हुनु नहुने, लघु चलचित्र वा कथानक चलचित्र हुनुपर्ने, कथा, पटकथा (स्कृप्ट) मा चलचित्र निर्माण गर्न लेखकसँग सम्झौता भएको भए कथा, पटकथा (स्कृप्ट) लेखक र निर्माण पक्षबीचको सम्झौतापत्र स्टोरी बैंकमा पेश गर्नुपर्ने सर्तहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *