शुक्रबार बढ्यो सुनको मूल्य, तोलाकाे कति ?



काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको हो ।

गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज यता चाँदीको मूल्य समेत गत बिहीबारको तुलनामा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।