सडक आश्रितको ‘भोकमा भोजन’ बने भक्तपुर बालकोट, मेरिगोल्ड र चाँगुनारायण लायन्स क्लब



ललितपुर । लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर मेरिगोल्ड र लायन्स क्लब अफ भक्तपुर चांगुनारायणले संयुक्त रुपमा भोजनसेवा कार्यक्रम सञ्चालन गरेको छ ।

लायन्स क्बल District-325 A2, Multiple District-325 नेपाल अन्तर्गतका उल्लेखित क्लबहरुको संयुक्त आयोजनामा सोमबार ललितपुरको महालक्ष्मी मन्दिर आसपासमा रहेका करिब सय जनालाई भोजन गराइएको हो ।

स्थानीय समाजसेवी गीता श्रेष्ठले विगत लामो समयदेखि दैनिक रुपमा उक्त क्षेत्रका सडकमा आश्रितहरुलाई खाना खुवाउने कार्यक्रमको निरन्तरताका लागि क्लबसँगको सहकार्यमा भोजन सेवा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका व्यवस्थापक एवं लायन्स क्लब अफ भक्तपुर मेरिगोल्डका Charter President  एवं लायन वर्ष २०२१–२२ का Regional Chair Person उद्धव सिलवालले बताए ।

तीनवटै क्लबका Presidentलगायतका पदाधिकारीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा उक्त क्षेत्रमा रहेका सडकमा आश्रित मानिसहरुलाई भोजन गराइएको र क्लबको नीतिअनुसार यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने लायन्स क्लब अफ भक्तपुर मेरिगोल्डका सचिव चन्द्रकृष्ण श्रेष्ठले बताए ।

No description available.

उक्त अवसरमा महालक्ष्मी मन्दिर आसपासमा रहेका सडक आश्रितमानिसहरुलाई क्लबका उपस्थित पदाधिकारीहरुले आँफैं खाना वितरण गरेका थिए ।

उक्त अवसरमा खाना अभियान चलाएकी श्रेष्ठले एकातिर महामारी त्रास र अर्कोतिर खानाको जोहो गर्न नसक्नेहरुका लागि खाना उपलब्ध गराउने सानो प्रयासमा क्लबहरूले गरेको सहयोगलेआफू आभार एवं कृतज्ञ भएको बताएकी थिइन् ।

कार्यक्रममा संकट र महामारीको यस परिवेशमा दुःखी, गरिब र सडक आश्रितको भोक मेट्दै आएकी समाजसेवी गीता श्रेष्ठलाई आगामी दिनमा पनि निरन्तरता दिन सहयोग पुर्याउने उद्देश्यले क्लबका तर्फबाट President सिलवालले २५ हजार नगदसमेत हस्तान्तरण गरेका थिए ।