कोरोनाका कारण विश्वभर १ करोड ३० लाख बढी संक्रमित, ७५ लाख बढी कोरोनामुक्त



काठमाडौं । विश्वभर १ करोड ३० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १ लाख ९४ हजार ३८४ जना संक्रमित थपिएसँगै अहिलेसम्म १ करोड ३० लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९५२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसँगै हालसम्म ५ लाख ७१ हजार ७६को मृत्यु भएको छ । अहिलेसम्म ७५ लाख ७५ हजार ५२३ संक्रमित निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९६ हजार ५६६ जनाको मृत्यु भएको छ । २५ लाख ७० हजार ९८५ जना संक्रमित भएकोमा १५ लाख ११ हजार ५४० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८५ हजार ८०४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३९ लाख ९५ हजार ६८२ पुगेको छ । त्यसमध्ये १८ लाख ३७ हजार ७०० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७० हजार १२४ जनाको मृत्यु भएको छ । २९ लाख ५७ हजार ६४८ जना संक्रमित भएकोमा २० लाख ४४ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५ हजार ५५२ जनाको मृत्यु भएको छ । २८ लाख ९३ हजार ३३७ जना संक्रमित भएकोमा १८ लाख ७३ हजार ७७१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार २८५ जनाको ज्यान गएको छ भने ५ लाख ९८ हजार २३६ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ९८ हजार १९४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ४६० जना संक्रमित भएकोमा ९ हजार ३३१ जना संक्रमणमुक्त भएका छन् ।