उपत्यकाका तीनै जिल्लाका सिडिओ बैठक बस्दै, निषेधाज्ञा लाग्ने !



काठमाडौं । उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक अहिले १० बजे बस्दैछ । उपत्यकालगायत देशभर कोरोना संक्रमितको संख्या अत्याधिक बढ्दै गइरहेको हुनाले निषेधाज्ञा जारी गर्ने सम्भावना रहेको छ ।

कोरोना संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी कोरोना संक्रमित पुगेका जिल्लामा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुटेका हुन् ।

उपत्यकाका यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित भएको हुनाले सिडिओहरुले छलफलपछि निषेधाज्ञा जारी गर्न सक्ने सम्भावना रहेको छ।

यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरका तिनवटै कार्यालयहरुले सोमबारदेखि अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाह नहुने जनाएका छन् ।