अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइँदै !



काठमाडाैं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि चिनियाँ कम्पनीको कोरोना खोप भेरोसेल लागाउने तयारी गरेको छ । मन्त्रालयले आज देखि ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउँने भएको हो ।

यस्तै आजै देखि चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएका १८ देखि ६० वर्षका व्यक्तिलाई पनि लगाउने निर्णय गरेको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक सहित अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई खोप लगाइने छ।