दीया मिर्जाकाे शुद्ध सपना, गर्भमा नयाँ बिरूवा फूल्दै

काठमाडौं – पूर्व मिस इन्डिया तथा बलिउड नायिका दीया मिर्जा आमा बन्न लागेकी छिन्। सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै उनले आफू आमा बन्न लागेको बताएकी हुन्। दीयाले फेब्रुअरीमा मात्र वैभव रेखीसँग विवाह गरेकी हुन्।

हाल माल्दिभ्समा रहेकी दीयाले सूर्यास्त हेर्दै गरेको आफ्ना तस्बिर शेयर गरेकी छिन् जसमा उनले लेखेकी छन्, ‘धर्तीलाई जस्तै आमा हुने आर्शीवाद मिलेको छ। धन्य भए। एक जीवनको साथ सबै कथाहरू र सबै कुराको सुरूवात हो। बिस्तारै आशा संगै नयाँ बिरूवाहरू फूल्दै छन मेरो गर्भमा मैले मेरा सबै सपनाहरूलाई शुद्ध सपना पाएकोमा आशिष्‌ पाएकी छु।’

दीयाले २००० मा मिस इन्डियाको अवार्ड जितेकी थिइन। त्यसपछि उनले फिल्म ‘रहना है तेरे दिल मे’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिईन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *