पूर्ववत् एमाले र माओवादी केन्द्र भएपछि प्रधानमन्त्रीले बोलाए पहिलो मन्त्रीपरिषद् बैठक



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।

सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ । कट्टेलले आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो ।