चौतारा कांग्रेस नगर उपसभापतिमा राजकुमार निर्वाचित
सिन्धुपाल्चोक । नेपाली कांग्रेस चोतारा साँगाचोकगढी नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न नगरसभाबाट नगरपालिकाको उपासभापतिमा राजकुमार श्रेष्ट निर्वाचित भएका छन् ।
निर्मल श्रेष्ठको सभापतित्वमा नवगठित कार्य समितिको महिला उपसभापतिमा राधा विष्ट, सचिवमा सुवास दंगाल, सहसचिवमा नवीन खड्का रहेका छन् ।
त्यस्तै सदस्यहरुमा यज्ञप्रसाद सापकोटा, प्रवीण लामा, टंकप्रसाद दुलाल, करण केसी चयन भए । खुला समावेशी युवा महिलामा गोमा श्रेष्ठ, खुला युवामा सञ्च तामाङ, युवराज लामा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
महिला सदस्यमा लक्ष्मीदेवी श्रेष्ठ, दलित सदस्यमा कुमारी नेपाली र सुनिल विक निर्वाचित भए भने सदस्यमा धनेश्वर गिरी र पुष्पा राउत चयन भएका छन् ।
बुधबार सिन्धुपाल्चोकको चौतारास्थित विपी स्मृति भवनमा भएको अधिवेशनमा जिल्ला उपसभापति टंकबहादुर कार्कीले नवनिर्वाचित कार्य समितिलाई बधाई दिदैं प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
