कांग्रेसले गर्यो राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दर दर्ता
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
आइतबार निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘आज हामीले गएर निर्वाचन आयोगमा दल दर्ताको सबै काम सकेका छौं,’ पौडेलले भने ।
राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनका लागि प्रक्रिया पूरा गरिएको उनले बताए ।
कांग्रेसले शनिबार सम्पन्न केन्द्रीय कार्य समिति बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।
राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ भने प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा तय भएको छ ।
