सशस्त्र इन्स्पेक्टर सन्तोषी झुन्डिएको अवस्थामा मृत फेला



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एक महिला इन्स्पेक्टर मृत अवस्थामा भेटिएकी छन् ।

इन्सपेक्टर तालिमरत सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–७ लागर्चे कि २९ वर्षीया सन्तोषी महत झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

तीन महिनाअघि मात्र इन्स्पेक्टरमा नाम निकालेकी सन्तोषी तालिम गर्न पोखरा पुगेकी थिइन् ।

शनिवार राति ९ बजे ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ ।

सशस्त्र प्रहरी जवानबाट सेवा प्रवेश गरेकी सन्तोषीले २०७८ सालमा असई र ३ महिना अघि मात्र इन्सपेक्टरमा नाम निकालेकी थिइन् ।