

प्रहरीका यी १० कर्मचारी सम्पर्कविहीन, हेडक्वार्टरले दियो जागिरबाट हटाउने चेतावनी

काठमाडौं । नेपाल प्रहरीका सहायक हवल्दारसहित १० जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।
उक्त समयभित्र गैरहाजिर रहनुको कारण खोली जवाफ पेस गर्न भन्दै कार्यालयले अन्यथा सेवाबाट हटाउने चेतावनी दिएको छ ।
गैरहाजिर हुनेमा सहायक अबलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन् ।