सशस्त्र प्रहरीका इन्स्पेक्टर बडुवालको निधन



काठमाडौं । विपद् उद्दार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरको निधन भएको छ ।

असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा इन्स्पेक्टर दिलबहादुर बडुवालको निधन भएको हो ।

विपद् व्‍यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका-५ आइटी पार्कमा मनसुनजन्य विपद् व्‍यवस्थापन स्थापना गरेको थियो ।

सोही आधारमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए ।

असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल खटिएको थियो।

सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरिएको थियो ।

तर उपचारको क्रममा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो।

बर्दिया घर भएका बडुवालले २०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए। उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।