पूर्व आईजी सर्वेन्द्र खनाललाई मातृशोक



काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाललाई मातृशोक परेको छ ।

खनालकी आमा दिव्यलोका देवी खनालको ९९ वर्षको उमेरमा आइतबार साँझ पूर्वी नवलपुरको गैंडाकोटस्थित निवासमा निधन भएको हो ।

वि.सं. १९८२ जेठ ३० गते जन्मिएकी खनालको देवघाट सोमबार नै अन्त्येष्टी गरिएको छ ।

स्व. खनालका १० सन्तान रहेका छन् ।