सशस्त्र इन्स्पेक्टरको लिखितको रिजल्ट निस्क्यो, मागअनुसार पनि भएनन् पास (रिजल्टसहित)



काठमाडौं – सशस्त्र प्रहरी बलको इन्सपेक्टर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

नतिजामा आरक्षण कोटातर्फ माग भन्दा कम उत्तीर्ण भएका छन् ।

महिला, आदिवासी/जनजाती, दलित र अमर तथा अशक्त प्रहरीका सन्तानको आरक्षणमा तोकिएको कोटाभन्दा कम उत्तीर्ण भएका छन् ।

कुल ९९ पदका लागि भएको विज्ञापनमा महिलाका लागि आठ वटा कोटा छुट्याइएको थियो । जसमा चार जना मात्र परीक्षामा सफल भएका छन्।

आदिवासी/ जनजातीतर्फ १३ जनाको मागमा ९ जना, मधेसीतर्फ ११ मा ४, दलिततर्फ ७ मा ३ र अमर तथा अशक्त प्रहरीको सन्तानको कोटातर्फ चार सिट रहेकोमा एक जनामा पनि उत्तीर्ण भएनन्।

यसरी आरक्षणको कोटातर्फ अनुत्तिर्ण कोटालाई खुलातर्फ जोडेर लोकसेवा आयोगले परीक्षा प्रकाशित गरेको छ ।

त्यसो गर्दा पनि ९९ जनामा ७४ जना मात्र उत्तीर्ण भएका छन् ।