‘पान पुतली माया’मा सुनिल र गीताको राेमान्स छताछुल्ल (भिडियोसहित)



काठमाडौं । गायक राजनराज शिवाकोटी र गायिका टिका पुनको स्वरमा रहेको ‘पान पुतली माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

निर्माण यूनिटले आइतबार दरबारमार्गस्थित राइजिंग मलमा एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेको हो ।

भिडियोमा मोडल गीता ढुंगाना र सुनिल न्यौपानेले रोमान्टिक अभिनय प्रस्तुत गरेका छन् । प्रेमिल जोडीको सुखद प्रेम कथालाई निर्देशक दीलिप समनले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

भिडियोमा गीता र सुनिलको अभिनयलाई रोशन विश्वकर्माले कोरियोग्राफी गरेका हुन् । छायांकन हरि हुमागाईले र सम्पादन नकुल खड्काले गरेका हुन्।

मिना बर्तौलाले निर्माण गरेको यो भिडियो समिप इन्टरटेनमेन्टबाट रिलिज गरिएको हो ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै मोडल तथा निर्माता सुनिल न्यौपानेले आफ्नो टिमले सक्दो मेहनत गरेको र अब दर्शक तथा श्रोताको सल्लाह र सुझावको खाँचो रहेको प्रतिक्रिया दिए ।