![](https://nabanepal.com/wp-content/uploads/2023/09/Lahan_Municipality-News-Raju.gif)
![](https://nabanepal.com/wp-content/uploads/2023/04/suryajyoti-1.gif)
नेपाली सेनाका पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको निधन
![](https://nabanepal.com/wp-content/uploads/2024/05/dharmapal.jpg)
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको निधन भएको छ ।
बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाले जनाएको छ ।
८५ वर्षीय थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।
उनी चीन भ्रमण गर्ने पहिलो प्रधानसेनापति हुन् ।