नेकपा नेतृ झाँक्री पक्राउ, कस्तो हुन्छ त उनलाई सजाय ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपतिविरुद्ध अशिष्ट भाषा प्रयोग गरेकी झाँक्रीलाई प्रहरीले बिहीबार उनकै निवासस्थानबाट पक्राउ गरेको हो ।

मुलुकी फौजदारी संहिताको भाग–२ फौजदारी कसुरहरु परिच्छेद–१ राज्य विरुद्धका कसुर अन्तर्गत उनलाई पक्राउ गरिएको हो।

प्रहरीले संहिताको दफा ५८ को कसुर झाँक्रीले गरेको आरोप लगाएको छ । उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था रहेको छ। सात वर्ष कैद र सत्तरी हजारसम्म जरिवाना हुने उल्लेख छ।