आम हड्तालकै बेला सेनाको बख्तरबन्द सडकमा, आत्तिए चितवनबासी



चितवन । नियमित प्रक्रियाअनुरुप उपत्यकाको सडकमा निस्किएको नेपाली सेनाको बख्तरबन्द गाडी आम हड्तालको दिन चितवनका सडकमा देखिएको छ । नेकपा प्रचण्ड–नेपाल समूहको आमहड्ताल जारी रहदाँ चितवनमा नेपाली सेनाले बख्तरबन्द सडकमा देखिएको हो । आम हड्तालकै बीचमा सेनाको बख्तरबन्द गाडीले भरतपुर नगरपरिक्रमा गरेको हो ।

भरतपुर ब्याकेरदेखि सुरु सेनाको बख्तरबन्द गाडीले साईरन बजाउँदै सडकमा निस्किएको थियो । पहिलोपटक चितवनको सडकमा बख्तरबन्द गाडी देखेका भरतपुरका स्थानीय बख्तरबन्द हेर्न लाइन लागेका थिए ।

बख्तरबन्द हेर्नकै लागि सडकमा निस्किएका एक स्थानीयले, ‘अभ्यासकै क्रममा त यस्तो हुँदो रहेछ, साँच्चिकै नेपालमा बख्तरबन्द चलाउनुपर्ने अवस्था आएमा कस्तो होला कल्पना पनि गर्न नसकिँदो रहेछ । सधैं टिभिमा देखिने बख्तरबन्द गाडी आप्mनै सडकमा देखियो, डर पो लागेर आयो,’ उनले भने ।

सेनाले नियमित अभ्यास अन्तर्गत नै बख्तरबन्द गाडी प्रदर्शन गरिएको जनाएको छ ।

नेकपा प्रचण्ड माधव समूहका एक अध्यक्ष प्रचण्डको गृह जिल्लामा अचानक सडक आन्दोलन र बन्द रहेको बेला बख्तरबन्द गाडी निस्कनु अर्थपूर्ण मानिएको छ ।