हड्तालको प्रभावः ट्याक्सीमा आगजनी, ६० भन्दा बढी प्रहरी नियन्त्रणमा

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले घोषणा गरेपछि बिहीबार बिहानै उपत्यकाको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ।

बिहीबार बिहान प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । आगलागीबाट ट्याक्सी पूर्ण रुपमा जलेको छ ।

प्रचण्ड नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए। सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो।

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्।

अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ६० जनालाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइसकेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *